सेनाको अगुवाईमा अभ्यास हातेमालो

काठमाडौं, २० फागुन । नेपाली सेनाको अगुवाईमा राष्ट्रिय स्तरमा विपद् व्यवस्थापनसँग सरोकार राख्ने सम्पूर्ण निकायहरुको सहभागितामा भएको अभ्यास हातेमालो सकिएको छ । मंगलबार तीन दिने सम्मेलन जँगी अड्डामा भएको थियो ।
सम्मेलनमा नेपाली सेनाका बलाधिकृत रथी निर्मलकुमार थापा, विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय निकायहरुका प्रतिनिधि, रेडक्रसलगायत गैर सरकारी निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अभ्यासका दौरान विपद् पूर्व तयारी विपद् प्रतिकार्यका दौरान अबलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था, संरचनागत सुधार, क्षमता विकास, तालिम, राहत तथा बन्दोबस्तीलगायत विभिन्न पक्षहरुमा छलफल गरिएको थियो ।