ललितपुरको टिकाथलीमा जमिनबाट आगोको ज्वाला निस्कियो

काठमाडौं,२० फागुन । ललितपुरको टिकाथलीमा जमिनबाट आगोको ज्वाला निस्किएको छ ।
पानीका लागि बोरिङ गर्ने क्रममा पाइप गाडेको स्थानबाटै आगोको ज्वाला निस्किएको हो ।
स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरेपनि आगो निभ्न सकेको छैन् ।
बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो ।