२० फाल्गुन २०८१, मंगलबार | March 4, 2025

भूमिसम्बन्धी अध्यादेशबाट सरकार यसकारण पछि हट्यो


1.4k
Shares

काठमाडौं, २० फागुन । सत्तारुढ दलकै विरोधका कारण सरकार भूमिसम्बन्धी अध्यादेशबाट पछि हटेको छ । अध्यादेशको विरोधमा लोसपा नेपाल खुलेरै उत्रियो । नेपाली काँग्रेसभित्र पनि अध्यादेशको विरोध बढ्यो ।

भूमिसम्बन्धी अध्यादेश भूमाफियालाई लाभ दिने र गैरकानूनी आप्रवासीलाई समेत जग्गा दिलाउने उद्देश्यले ल्याइएको नेपाली पेनले खुलासा गरेको थियो । यसबारे नेपालीपेनले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ ।

अध्यादेशको विपक्षमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव खुल्दै आएका छन् । योसँगै अध्यादेश पारित नहुने अवस्था बनेको थियो ।

सरकारले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि, निजीकरण, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह र सहकारीसम्बन्धी ऐन संशोधनको अध्यादेश पनि संसदमा लाने भएको छ । यीमध्ये लगानी अभिवृद्धिसम्बन्धी अध्यादेशले नेपालबाट विदेशमा विवादास्पद सम्पत्ति जाने र आउने खतरा बढ्ने देखिन्छ ।

प्रतिक्रिया