भूमि अध्यादेशमा बामदेवको विरोध, अब के होला ?

काठमाडौं, १९ फागुन । भूमिसम्बन्धी अध्यादेशमा राष्ट्रिय सभाका सदस्य तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पनि विरोध गरेका छन् । उनी उक्त अध्यादेशको विपक्षमा उभिने प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्ट पारेका छन् ।
ओलीले अध्यादेशमा समर्थन गर्न भन्दा गौतमले कडा जवाफ दिएको बुझिएको छ । उनले भूमाफियालाई लाभ हुने गरी काम नगर्न पनि सुझाव दिएको जानकारी प्राप्त भएको छ ।
गौतमले निजीकरणसम्बन्धी अध्यादेशको पनि विरोध गरेका छन् । भूमिसम्बन्धी अध्यादेश भूमाफिया पोस्न र गैरकानूनी आप्रवासीलाई जमिन बाँड्ने उद्देश्यले ल्याइएको तथ्यहरु खुल्दै गएको छ ।