१९ फाल्गुन २०८१, सोमबार | March 3, 2025

यूरोपेली युनियनको भारतसँग हातेमालोको भूराजनीतिक महत्व


415
Shares

विपिन देव: सन् २०२५ फेब्रुअरी २७ मा यूरोपेली यूनियनकी अध्यक्ष युरुसुल बुडलेनले दुई दिने भारत यात्रा सम्पन्न गरेकी छिन् । यूरोपेली यूनियनका २७ प्रतिनिधि मध्ये २२ प्रतिनिधि सहित भारत यात्रा गरेकी युरुसुलाको भारत यात्रा भू(राजनीतिक दृष्टिकोणले महत्वपूर्ण रहेको छ । हुनत यस भन्दा पहिले उनी सना् २०२२ र २०२३ समेत भारत यात्रा गरेकी थिइन् । डिसेम्बरमा निर्वाचित भए पश्चातः यूरोपेली युनियन यस्तो विराट प्रतिनिधि मण्डलको भारत पहिलो विदेश यात्रा रहेको छ । यूरोपेली युनियनसंग सन् २००४ मा भारतले सामरिक साझेदारीको सम्झौता गरेको थियो । वर्तमान परिवेशमा यूरोपेली युनियन भारतको ठुलो व्यापारिक साझेदार रहेको छ । भारत र यूरोपेली युनियनबीच लगभग १४० अर्ब डलरको व्यापार रहेको छ । यूरोपेली युनियनका ६ हजार कम्पनीहरूको लगानी भारतको बजारमा रहेको छ जसले ८० लाख रोजगारी भारतमा प्रदान गरेको छ । यूरोपेली युनियनले भारतलाई उच्च महत्व दिनुका विभिन्न कूटनीतिक आयामहरू रहेको छ । ट्रम्पको आगमन पश्चात यूरोपेली युनियन र अमेरिका विच असहज सम्बन्ध देखिएको छ ।

नाटोको औचित्य माथि नै ट्रम्पले प्रश्न चिन्ह लगाएका छन् भने यूरोपेली युनियनको वस्तुहरू माथिको आयकरमा २५ प्रतिशत बढाउने धम्की समेत दिएको छ । साथ साथै अमेरिका चीन रसियाको त्रीकोणात्मक सम्वन्धले गर्दा समेत अमेरिका यूरोपेली सम्वन्धमा नाकारात्मक असर पर्ने जानकारहरूको बुझाई रहेको छ । रुस-युक्रेन युद्धको अन्तका लागि यूरोपेली युनियनलाई वार्तामा समेत अमेरिकाले सहभागी गराएको देखिदैन । अर्थात् यूरोपेली युनियनको सुरक्षामा समेत अमेरिकालार्य आर्थिक रूपमा दस्तुर बुझाउनु पर्ने ट्रम्पको अभिव्यक्ति रहेको छ । यी परिवेशमा यूरोपेली युनियन पू‘जी, प्रविधि र निवेशको लागि उपयुक्त बजारको खोजीमा रहको छ । संसारको सबभन्दा अधिक जनसंख्या, प्रजातान्त्रिक पद्वति, खुला अर्थव्यवस्था, जनसांख्यीक लाभांष, अंग्रेजी भाषीको अधिक जनसंख्या, मध्यम वर्गीय समाजको उदय, विश्वको पॉचौ अर्थतन्त्रका साथै अब्वल नेतृत्वको कारणले गर्दा यूरोपेली युनियनले भारतसंगको सम्वन्धलाई उच्च महत्व दिएको छ ।

भारत र यूरोपेली युनियन बीच खुला व्यापार सम्झौताको लागि लामो अभ्यास भइरहेको छ । खु्ला व्यापार सम्झौता भएको खण्डमा यूरोपेली पू‘जी, प्रविधि र निवेश भारतले अनवरत रूपमा प्राप्त गर्न सक्दछ । जसबाट यूरोपलाई भारतको बजार उपलब्ध हुन सक्दछ । प्रविधिक रूपले खुला व्यापार सम्झौता कठिन रहेको छ । यू.ए.ई.संग विगत ३० वर्षदेखि खुला व्यापार सम्झौता गर्न यूरोपेली युनियनले अभ्यास गरिरहेको छ । हुनतः यू.एई.संग भारतले ८८ दिन भित्र नै खुल्ला व्यापार सम्झौता गर्न सफल भएको थियो । पत्रकारसंगको सम्वादमा यूरोपेली यूनियनका अध्यक्ष र भारतका प्रधानमन्त्री मोदीले सन् २०२५ सम्ममा नै खुला व्यापार सम्झौता सम्पन्न गर्न सक्ने दाबी गरेका छन् । यूरोपेली युनियन र भारत बीच व्यापारको ठुलो सम्भावना रहेको छ । खास गरेर क्वान्टम कमप्युटर, आर्टीफिसियल इन्टेलीजेन्स, सिक्स जी क्षेत्रमा साझा काम गर्ने समेत दुई पक्षले समझदारी गरेका छन् । भारतले यूरोपेली युनियनको सामथ्र्यलाई राम्ररी बुझेको देखिन्छ । चीनको आर्थिक कायापलटमा यूरोपेली कम्पनीहरूको ठुलो योगदान रहेको छ । यूरोपको ७० हजार कम्पनीहरूले चीनमा लगानी गरेका थिए । भारतले यूरोपेली यूनियनलाई “मेक इन इण्डिया”को प्रस्ताव अघि सारेका छन् । अर्थात् “मेक इन इण्डिया”को प्रस्ताव अनुसार यूरोपेली प‘ूजी र प्रविधिलाई भारतका हस्तानतरण गर्दै भारतेली बजारमा नै उत्पादन गर्ने र यूरोपको वितरण प्रणालीलाई प्रचूर मात्रामा प्रयोग गर्दै व्यापार प्रदान गर्ने योजना रहेको छ । प्रधानमन्त्री मोदीले संयुक्त प्रेश विज्ञप्तीमा यूरोपेली युनियन र भारत विच व्यापारको अपार सम्भावना रहेको कुरा जाहेर गरेका छन् । इभी व्याट्रीदेखि हरित उर्जासम्म, सुरक्षादेखि स्पेशसम्म, ग्रीन हाइड्रोजनदेखि पार्यवरणसम्म, जलवायु परिर्वतनदेखि कृषी क्रान्तीसम्म यूरोपेली युनियनसंग सहकार्य गर्ने भारतले अधिकारीक रूपले जानकारी दिएको छ । विभिन्न योजनाहरूलाई प्रत्याभूत गर्न मन्त्रीस्तरीय २० वटा वैठक समेत भएको देखिन्छ ।

भारत र यूरोपेली युनियन विच “आइमेक” लाई अगाडी बढाउन समेत सम्झदारी भएको देखिन्छ । “आइमेक” भन्नाले इण्डिया, मिडिल इष्ट र यूरोपीयन कोरीदोर बुझिन्छ । सडक मार्ग र जल मार्गको सञ्चालबाट भारत हुंदै मध्य एसिया र यूरोपलाई जोड्ने यो भीममाथि गुरूयोजना रहेको छ । सन् २०२३ मा जी टेउन्टीको वैठकले उक्त योजनालाई लागु गर्ने अनुष्ठान गरेको थियो । “आइमेक” योजना पूर्ण रूपले सफल भएको खण्डमा दक्षिण एसियाली मुलुकहरू समेत प्रचूर मात्रामा लाभ लिन सक्दछ । विगतका दिनहरूमा यूरोपेली युनियनका देशहरूले मानव अधिकार, प्रजातन्त्र, अल्पसंखयकको मुद्दा लगायत विभिन्न शिर्षकहरूमा भारतलाई दवाव दिने र पश्चिमा छापाखानाहरूले यसलाई व्यापक प्रचार प्रसार गर्ने परिपार्टी रहि आएको थियो । यस पटक भारतले प्रजातन्त्र र सामावेशीता प्रतिको आप्mनो अटुट विश्वासलाई उद्घाटित गर्दै यूरोपेली युनियनलाई भारतको धरातलीय अवस्थालाई अनुगमन गरेर सत्यतथ्यको आधारमा प्रतिक्रिया दिन समेत अनुरोध गरेका छन् । भारत र यूरोपेली युनियन विच हिन्दप्रशान्तीय क्षेत्रमा पनि सहकार्य गर्न सहमति भएका छन् । हिन्द प्रसान्त क्षेत्र वेलायतको मात्रा सहभागिता रहेको थियो । हिन्दप्रसान्त क्षेत्रमा फ्रान्सको समेत भू(भाग रहेको छ । संसारको व्यापारिक नाका नै हिन्दप्रसान्त क्षेत्र भएकोले गर्दा सो क्षेत्रको सुरक्षा प्रत्याभूत गर्न यूरोपको समेत जिम्मेवारी रहेको कुरा मोदीले समकक्षीय प्रतिनिधि मण्डललाई आग्रह गरेका छन् । वर्तमान भू(राजनीतिक अवस्थामा यूरोपेली प‘ूजी र प्रविधिको भारतलाई अधिक खॉचो रहेको छ भने यूरोपेली अर्थतन्त्रलाई चलायमान राख्न भारतको बजारको आवश्यक्ता रहेको छ । आउने दिनमा भारत र यूरोप विचको सम्वन्धलाई विस्तार गर्न यूरुसीलाको यात्रा कोशेढुङ्गा हुने जानकारहरूको बुझाई रहेको छ ।

प्रतिक्रिया