बेलायत र फ्रान्स रुससँग प्रत्यक्ष युद्धको तयारीमा, विश्व युद्धको खतरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जति कठोर छन् उति दुरदर्शी पनि । उनी राष्ट्रपति नहुँदै एउटा भाषणको १२ लाख डलरसम्म लिन्थे । ट्रम्पको बोली ओजनदार छ र भविष्य बुझेर बोल्छन् ।
ट्रम्पले ह्वाइट हाउस पुगेका युक्रेनी राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीलाई तेस्रो विश्वयुद्धमा सँसारलाई नघचेट्न भने । उनले तत्काल युद्धविराम गर्न बारम्बार सम्झाए । ट्रम्पले सम्झाउँदा पनि नमान्ने उल्टै सवालजवाफ गर्न थालेपछि मूर्ख राष्ट्रपति पनि भने । जेलेन्स्की अपमानित भए अमेरिकामा । त्यसपछि उनी आत्तिदै बेलायत पुगे ।
बेलायतमा जेलेन्स्कीको स्वागत गरे प्रधानमन्त्री केर स्टारमरले । उनलाई तत्काल २ अर्ब ७० लाख डलरको ऋण सहयोग घोषणा गरे । अमेरिकी विदेशमन्त्री मार्को रुबियो त भन्दै थिए कि यूरोपका केही देश अझै युद्ध लम्ब्याउन चाहन्छन् । त्यस्तै भयो ।
बेलायती प्रधानमन्त्री स्टारमरले यूरोपका मुख्य शक्तिका नेताहरुलाई बोलाए बेलायत । सेक्युरिङ आउर फ्युचर अर्थात् हाम्रो भविष्य जोगाउने नाम दिएर यूरोपका युक्रेन समर्थक देशहरुका नेताको बैठक बस्यो २ मार्चमा । बैठकमा फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोन, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, युक्रेनका जेलेन्स्कीका अलावा जर्मनी, डेनमार्क, नेदरल्याण्ड्स, क्यानडा, नर्वे, पोल्यान्ड, स्पेन, टर्की, फिनल्यान्ड, स्वीडेन, चेक, रोमानियाका अलावा नाटो महासचिव, यूरोपेली कमिशन र यूरोपेली काउन्सिलका नेताहरु थिए ।
बेलायतका प्रधानमन्त्री स्टामर र फ्रान्सका राष्ट्रपति म्याक्रोन रुससँग प्रत्यक्ष युद्ध लड्ने शैलीमा प्रस्तुत भए । युक्रेनमा सैनिक परिचालन देखि युद्धक विमान समेत लाने पक्षमा उभिए । अन्य देशका नेताले धैर्यतामा जोड दिए ।
बेलायत र फ्रान्स रुससँग अप्रत्यक्ष युद्ध लडिरहेका छन् । प्रत्यक्ष युद्ध भएमा सँसार अर्को विश्वयुद्धमा धकेलिनेसक्छ । पहिलो र दोस्रो विश्वयुद्धको कारण नै यूरोपभित्रको शक्तिसंघर्ष नै हो । त्यतिबेला मुख्य संघर्ष बेलायत र जर्मनीबीच भएको थियो । फ्रान्स, इटाली जस्ता देश पनि मुख्य थिए । रुस र अमेरिका पछि मात्र युद्धमा होमिएका थिए ।
अहिलेको घटनाक्रमले सँसार तेस्रो विश्वयुद्धतर्फ धकेलिने खतरा बढ्दैछ । यूरोप निकै समस्यामा फस्दैछ । अब अर्को खतरनाक युद्ध भएमा अर्को समस्यमा फस्न सक्छ । एजेन्सीको सहयोगमा