१९ फाल्गुन २०८१, सोमबार | March 3, 2025

दिउसो विवाद, साझ गोली हानेर युवकको हत्या


332
Shares

धनगढी,१८ फागुन । बैतडीमा गोली प्रहारबाट एक जनाको हत्या भएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको हो ।

प्रहरीका अनुसार शनिबार साँझ विष्टमाथि गोली प्रहार भएको थियो । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको हो ।

उनलाई नातामा दाजु पर्ने सोही ठाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गरेको प्रहरीको आरोप छ । कर्ण अहिले फरार छन् ।

दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएको र सोही विषयलाई लिएर साँझ उनीमाथि गोली प्रहार भएको बुझिएको छ ।

प्रतिक्रिया