राजा किन चाहियो ?
सरोज मिश्र । हिजो बिहान सबेरै नेपाललाई पृथ्वीमाताले नराम्ररी तर्साइन् । मध्यरातमा भएको कम्पनले धेरैको निन्द्रा खलबलियो । थोरै भाग्यमानीहरूले चालै पाएनन् । चाल नपाउनेलाई मैले भाग्यमानीको उपमा किन दिएको हो भने तिनीहरूलाई बेहोशीका कारणले नै भए पनि भय वा चिन्ता भएन । आसन्न भयको अनुभव नहुनु भनेको ठूलै भाग्यको कुरा हो । कुनै अप्रत्याशित घटनाले भय सिर्जना गर्छ भने कुनैले चाहिँ असामान्य कौतुहल, अनिश्चितता र जिज्ञासा पैदा गरिदिन्छ । अनि, कैयन् असामान्य एवं अस्वाभाविक आशा वा विश्वासले मानिसमा अस्वाभाविक तनाव र कहिलेकाहीँ त अत्यन्तै अस्वाभाविक आत्मविश्वाससमेत पैदा गरिदिन्छ । त्यस्तो तनाव वा आत्मविश्वासले अन्त्यमा दिनेचाहिँ घोर निराशा र विक्षिप्तता नै हो १
गत ७ फागुन प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनतालाई लक्षित गरेर दिएको एउटा अस्वाभाविक सन्देशको पनि त्यस्तैखाले प्रतिक्रिया देखापरेको छ । सायद स्वयं शाहमा अस्वाभाविक आत्मविश्वास पैदा भएको होला । उनका अन्धभक्त समर्थकहरूमा ठूलो आशाको सञ्चार भएको होला । अधिकांश आमजनतामा चाहिँ कौतुहल मिश्रित जिज्ञासा र केही हदसम्म अनिश्चितताको भावसमेत देखिएको छ । आममानिसको कौतुहलता त केही दिनपछि सामान्य ढंगले साम्य भइहाल्छ । स्वयं ज्ञानेन्द्र शाह र उनका स�
