भूकम्पले कहाँ कति क्षति

काठमाडौं, १६ फागुन । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर शुक्रबार विहान २ बजेर ५१ मिनेटमा गएको ६ दशमलव १ म्याग्निच्युडको भूकम्पले केही क्षति भएको छ । मानिसहरु मस्त निन्द्रामा हुँदा भूकम्पको ठूलो धक्का महशुश हुँदा भागदौड भएको थियो ।
काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, काभ्रे, रसुवामा बढी धक्का महशुश भयो । सिन्धुपाल्चोकको चौतारास्थित कारागारमा कैदीहरुको भागदौड भएको थियो । दोस्रो तल्लाबाट हाम फाल्दा थुनामा रहेका भोटेकोशीका स्याङ्बो तामाङको हात भाँच्चिएको छ ।
भोटेकोशीको तुसारेस्थित भीरमा सुख्खा पहिरो झरेको छ । भूकम्पप्रभावित क्षेत्रहरुमा क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ ।