दशौं राष्ट्रिय खेलकुद दोस्रोपटक पनि सर्यो, अब जेठमा हुने

काठमाडौं, १५ फागुन । दशौं राष्ट्रिय खेलकुद फेरि सरेको छ । दोस्रोपटक मिति सारेर जेठ ३ देखि १० गतेसम्म हुने भएको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बिहिबार बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले नयाँ मिति तोकेको जानकारी दिएका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा तय भएको खेलकुद प्रतियोगिता यसअघि चैत्रमा हुने तय भएको थियो । अघिल्लोपटक मंसिरमा गर्ने भनिएको थियो ।