१५ फाल्गुन २०८१, बिहिबार | February 27, 2025

महाशिवरात्रीको दिन प्रचण्ड मुसलमान बस्तीमा मुसलमान भेषभुषामा


February 27, 2025
5k
Shares

काठमाडौं, १५ फागुन । हिन्दूहरुले महाशिवरात्री मनाइरहँदा माओवादी अध्यक्ष प्रचण्ड भने मुसलमान वस्तीमा पुगेर राजनीतिक गतिविधि गरिरहेका थिए १४ फागुनमा । नेपाली सेनाले महाशिवरात्रीमा सेना दिवस पनि मनायो । तर, प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड टुँडिखेलमा पनि देखिएनन् ।

प्रचण्ड माओवादीको तराई मधेश अभियान भन्दै मुस्लिम वस्तीमा पुगेर उनीहरुकै भेषभुषमा देखिएका थिए । प्रचण्डको साथमा वर्षमान पुन र जर्नादन शर्मा पनि थिए । उनीहरु पनि मुस्लिम भेषभुषामा थिए ।

देशमा हिन्दुत्व विचार बलियो हुँदै गएको र हिन्दूहरु संगठित हुँदै गएको अवस्थामा प्रचण्डले मुसलमान मत आकर्षित गर्ने रणनीति अन्तर्गत सक्रियता बढाएका छन् । माओवादीले सशस्त्र गतिविधि गर्दा हिन्दू धर्मगुरुहरुलाई तारो बनाएको थियो । हिन्दू पूजारी र धर्मालम्बीहरु माओवादीबाट त्रस्त थिए । माओवादीकै कारण देश धर्मनीरपेक्ष बन्यो ।

तराईमा हिन्दू जागरण बढिरहँदा माओवादीले मुसलमान समुदायमा आफ्नो प्रभाव बढाउन थालेको छ । यसकारण पनि प्रचण्ड महाशिवरात्रीको दिनमा हिन्दू मन्दिर नपुगी मुसलमान वस्तीमा पुगेर सन्देश दिएका छन् ।

माओवादीका नेताहरु प्रचण्ड र डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सेनाको लोकतान्त्रिकरण भन्दै हिन्दू देवीदेवताको नाम हटाउन दबाब दिएका थिए । सेनाले दबाब मानेन । सेनामा हिन्दू धर्म संस्कार र पर्वको अभ्यास पनि हटाउन खोजेका थिए । यो पनि असफल भयो । माओवादीले हिन्दू धर्ममाथि प्रहार गर्ने तर अन्य धर्मलाई भने बढावा दिने गतिविधि अन्तर्गत कार्य गरिरहेको पुष्टि हुँदै गएको छ ।
माओवादीले इशाई र इस्लाम धर्मालम्बीलाई आकर्षित गर्ने गरी सक्रियता बढाइरहेको छ । सुदन किराँती संस्कृतिमन्त्री हुँदा आफूहरु इशाई भएको भनेर भाषण नै गरेका थिए ।

प्रतिक्रिया