१५ फाल्गुन २०८१, बिहिबार | February 27, 2025

डुबायो स्मार्ट टेलिकमले


February 27, 2025
415
Shares

काठमाडौं, १५ फागुन । स्मार्ट कार्डले सयौंलाई डुबाइदिएको छ । टावर राखेका घरधनी, रिचार्ज कार्ड विक्रेता र प्रयोगकर्ताहरुको ठूलो रकम डुबेको छ ।

रकम डुबेकाहरुले संयुक्त पीडित समूह बनाएर नेपाल दूरसञ्चार प्राधिकरणमा धर्ना सुरु गरेका छन् । स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको दुई वर्ष हुन लागेको छ । तर, टावर व्यवस्थापन हुन सकेको छैन र घरधनीले विद्युत महशुल तिरिरहेका छन् । रिचार्ज कार्ड विक्रेताको करोडौं फसेको छ ।

देशभर स्मार्ट टेलिकमको १७ सय वटा बीटीएस टावर छ । टावर जीर्ण छन् र विद्युतको महशुल पनि घरधनीले तिरेका छन् । लाइसेन्स नवीकरण नगरेपछि २०८० को वैशाखबाट स्मार्ट टेलिकम खारेज भएको छ ।

प्रतिक्रिया