भारतबाट ६ पूर्वसेनापति सेना दिवसमा सहभागी

काठमाडौं, १३ फागुन । भारतीय स्थल सेनाका ६ पूर्व सेनापति सेना दिवसमा सहभागी भएका छन् । नेपाली सेनाको निमन्त्रणमा पत्नीसहित आएका पूर्वसेनापतिहरुले टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागिता जनाए ।
नेपाल आएका भारतका पूर्व सेनापतिहरुमा जोगिन्दर जसवन्त सिंह, दिपक कपुर, विजय कुमार सिंह, दलवीर सिंह सुहाग, मनोज मुकुन्द नरवणे र मनोज पाण्डे छन् । उनीहरु नेपाली सेनाका मानार्थ महारथी रहिसकेका छन् । उनीहरु सेना दिवसमा सहभागी हुनुलाई महत्वका साथ हेरिएको छ ।
मंगलबार नेपाल आएका भारतका पूर्वसेनापतिहरुलाई नेपाली सेनाका रथी निर्मल थापाले स्वागत गरेका थिए ।