हिन्दू धर्मशास्त्रको गहन अध्ययनमा नयाँ पुस्ता झन् आकर्षितः गुरु राममणी दास

सुरेन्द्रबहादुर खत्री सिलवाल, भक्तपुर । गुरु राममणी दासले नयाँ पुस्ता हिन्दू धर्मशास्त्रको गहिरो अध्ययनमा आकर्षित भएको बताउनुभएको छ । उहााले हिन्दू धर्मशास्त्रको महत्व विश्वभर बढेकोले युवाहरुमा झन् आकर्षण बढेको बताउनुभयो ।
उहाँले हिन्दू धर्मशास्त्र विश्वकै उत्कृष्ट शास्त्र भएको पनि बताउनुभयो । विश्वभर हिन्दू धर्मका अनुयायीहरु बढ्नुमा यसले आत्मशान्ति र आत्मशक्ति पनि दिने रहेको स्पष्ट पार्नुभयो । बंगलादेश , श्रीलंका ,पाकिस्तान ,ईन्डोनेशिया,टोबागो,अमेरिकाजस्ता देशहरूमा हिन्दु धर्मका अन्यायीहरूको उल्लेखनीय संख्या पाईएको उहाँको भनाइ छ।नेपाल र भारतमा बहुसंख्यक हिन्दू भएको र यसको सामथ्र्यले विश्वलाई प्रभावित बनाउँदै लगेको बताउनुभयो ।
हिन्दु धर्म विश्वको पुरानो धर्म भएको र डेढ अर्बभन्दा बढी मानिसहरूले अभ्यास गर्दै आएको उहाँको भनाई छ ।