सेना दिवस मनाइँदै

काठमाडौं, १४ फागुन । सेना दिवस भव्य रुपमा मनाइँदैछ । नेपाली सेनाले प्रत्येक वर्ष महाशिवरात्रीमा सेना दिवस मनाउँदै आएको छ ।
२६२औं सेना दिवसमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । यस अवसरमा सेनाले युद्धकलालगायत प्रदर्शनी गरेको छ ।
नेपाली सेनाको गौरवमय इतिहास छ । नेपाली सेनाले हिन्दू धर्म संस्कृतिलाई संस्थागत तरिकाले मान्ने गरेको छ । हिन्दू पर्वहरुमा सेनाले कार्यक्रम गर्दछ ।
सेना दिवसमा भारतका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपाल आएका छन् । उनीहरुलाई नेपाली सेनाले सेना दिवसका अवसरमा निम्तो गरी बोलाएको हो ।