१३ फाल्गुन २०८१, मंगलबार | February 26, 2025

ट्रम्पको नजरमा रगत, पसिना र आँसु


February 25, 2025
498
Shares

ट्रम्प भन्छन्,‘काम गर्दा म जहिले पनि चित्रकार जस्तो बन्न खोजेँ ।’ जसरी चित्रकारले सुन्दर भन्दा सुन्दर चित्र बनाउन मन र मस्ष्तिक लगाउँछ ट्रम्पले त्यही तहसम्म दत्तचित्त भएर काम गर्न खोजे । आफैलाई कामप्रति गर्व लाग्ने गरी नतिजा दिन खोजे । उनी भन्छन्,‘जब तिमी वास्तविक चित्रकार बन्छौं तब मानिसहरू तिम्रो पछि लाग्छन्, ढोका ढकढकाउन आइपुग्छन्, साथी बन्न खोज्छन् र तिमीसँग व्यवसायिक सम्बन्ध गाँस्छन् ।’ ट्रम्प व्यापारको दुनियाँमा त्यस्तै कलाकार बन्न सके । कलामा आफ्नोपन दिदा डराउनुपर्दैन । पृथक बन्दा भयभित हुनुपर्दैन । यसमा डराउनु भनेको आफ्नो उत्कृष्ट कार्यसँग डराउनु बराबर हो । मानिसहरू नतिजा खोज्छन् ।

ट्रम्प भन्छन्,‘ट्रम्प टावरको शानदार मार्बल देखेर मानिसहरूले कहाँबाट ल्यायो होला भनेर थाहा पाउँदैनन् मतलब पनि गर्दैनन् ।’ उनले भनेका छन्,‘अधिकांश मानिसहरू कुनैपनि कला र सुन्दरतामा खर्च भएको रगत, पसिना र आँसुको मतलब गर्दैनन् । उनीहरू मात्र नतिजामा ध्यान दिन्छन् ।’ नतिजा दिनका लागि आफ्नो दृष्टिमा आत्मनिर्भर र दृढ रहनुपर्ने सूत्र भनेका छन् । जहिलेपनि आफ्नो क्षेत्रको उत्कृष्ट मान्छेबाट सिक्नुपर्ने, त्यस्ता मान्छेको शैली, प्रतिवद्धता र तौरतरिकाले कसरी उनीहरूलाई पृथक बनायो भन्नेबार बुझ्न भनेका छन् । सिकेर के के लिने र कार्यान्वयन गर्ने निक्र्यौल गर्नुपर्छ । तर, अरूको नक्कल गर्न नहुनेमा ट्रम्पको जोड छ । कसरी बढी ज्ञान, तालिम र अनुभव लिन सकिन्छ पत्ता लगाउनुपर्छ । अन्य क्षेत्रका विकास र नयाँ आयाम पत्ता लगाएर आफ्नो क्षेत्रमा समेत लागू गर्न सकिन्छ । त्यसतर्फ ध्यान जानुपर्ने बताउँछन् । दीपेश केसीको डोनाल्ड ट्रम्प चमत्कारै चमत्कार पुस्तकबाट

प्रतिक्रिया