शान्ति मिसनमा नेपाल अग्रणी स्थानमा

काठमाडौं, १२ फागुन । शान्ति मिसनमा योगदान गर्ने राष्ट्रहरुको मर्यादाक्रममा नेपाल अग्रणी स्थानमा रहेको छ । नेपाली सेनाका अनुसार नेपाल दुवै महिला र पुरुष सैनिक पठाउने राष्ट्रको सूचीमा अग्रणी स्थानमा रहेको हो ।
हाल नेपाली सेनाले ११ वटा मिसनहरुमा महिला सैनिक ६४२ सहित ५ हजार ९ सय १३ शान्ति सैनिकहरुको सहभागिताले फैज खटाई योगदान गरिरहेको छ ।
हालसम्म सेनाले ४४ वटा विभिन्न मिसनहरुमा १ लाख ५४ हजार ३ सय ४० जना शान्ति सैनिकहरुको सहभागिता गराइसकेको छ । यस दौरान हालसम्म ७३ जना नेपाली सेनाका वीर सपूतले जीवन उत्सर्ग गरेको जनाइएको छ । ६९ जना घाइ भएको तथ्यांक छ ।