१२ फाल्गुन २०८१, सोमबार | February 24, 2025

राजीनामा दिन वाध्य हुँदै युक्रेनका राष्ट्रपति जेलेन्स्की


February 24, 2025
1.5k
Shares

एजेन्सी, १२ फागुन । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की राजीनामा दिन वाध्य हुँदैछन् । उनले आइतबार आफू राजीनामा दिन तयार भएको बताए । तर, सर्त पनि राखे ।

युक्रेन नाटोको सदस्य बन्ने शर्तमा राजीनामा दिने जेलेन्स्कीको भनाई थियो । नाटोको सदस्य बनाउने एजेन्डामै जेलेन्स्की सत्तामा आएका थिए । तर, रुससँगको युद्धले युक्रेन धराशायी बनिसकेको छ ।

नाटोको सदस्य बनाउन अमेरिका पनि तयार छैन युक्रेनलाई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सहयोग रोकिसकेका छन् । यसकारण जेलेन्स्कीको सत्ता धरापमा परेको छ । उनी राजीनामा दिन वाध्य हुँदैछन् ।

प्रतिक्रिया