ट्रम्पले नेपालको नाम किन दुईपटक लिए

काठमाडौं, ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कमै देशको नाम लिन्छन् । उनले मंगलबार कार्यकारी निर्देशनमा हस्ताक्षर गरेपछिको भाषणमा नेपालको दुईपटक नाम लिए ।
ट्रम्पले किन नेपालको नाम दुईपटक लिए त ? उनले नेपालको संघीयताका नाममा अमेरिकाबाट दिइएको रकमलाई ठगी भने । उनले सिधै सरासर ठगी हो भने ।
‘२० मिलियन डलर नेपालको संघीयताको नाममा दिइएको छ, यो सिधै ठगी हो,’ ट्रम्पले भने । उनले जैविक विविधता संरक्षणमा दिइएको १९ मिलियन डलरबारे पनि प्रश्न उठाए । यसमा पनि नेपालको नाम लिए ।
अमेरिकाले नेपाललाई संघीयताका नाममा दिने भनेको साँढे २ अर्ब नेपाली रुपैयाँको बजेट रोकिदिएको छ । उसले जैविक विविधता संरक्षण प्रयासका लागि दिने साँढे २ अर्ब नेपाली रुपैयाँ पनि रोकिदिएको छ । रोकिएको कार्यकारी निर्देशनले सँसारभर तरंग ल्याएको छ ।
अमेरिकाले नेपालको संघीयताका नाममा मात्र नभई नास्तिकता फैलाउन समेत रकम दिएको खुलासा भइसकेको छ । अमेरिकी सांसदले मात्र नभई सभामुखले समेत नेपालमा नास्तिकता फैलाउन १३ अर्ब नेपाली रुपैयाँ खर्चिएको खुलासा गरेका हुन् ।