९ फाल्गुन २०८१, शुक्रबार | February 21, 2025

प्रकृति लम्सालको न्यायका लागि एबीभीपीद्वारा उडिसा विधानसभा अगाडि प्रदर्शन


February 19, 2025
2.2k
Shares

एजेन्सी, ७ फागुन । भारतको उडिसास्थित विश्वविद्यालयमा मृत भेटिएकी नेपाल छात्रा प्रकृति लम्सालको न्यालका लागि अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले विधानसभा अगाडि प्रदर्शन गरेको छ । बुधबारको प्रदर्शनमा प्लेकार्डसहित एबीभीपी कार्यकर्ताले दोषीमाथि कारबाही गरी न्यायको माग गरे ।

प्रदर्शनका क्रममा विद्यार्थी कार्यकर्ता र प्रहरीबीच ठेलाठेल समेत भएको थियो । विधानसभा भवन अगाडि बढ्न खोजेका विद्यार्थीलाई प्रहरीले बल प्रयो गरी रोकेको थियो ।

भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीको होस्टलमा नेपाली छात्रा प्रकृति लम्साल मृत भेटिएपछि भारत र नेपालमा प्रदर्शन भएका छन् । उडिसा प्रहरीले आरोपीलाई पक्राउ गरी कारबाही बढाएको छ ।

घटनाको छानबिन चलिरहेको भारत सरकारले जनाएको छ । नेपालमा प्राज्ञिक विद्यार्थी परिषद्ले घटनाप्रति गम्भीरता देखाएको थियो । प्राज्ञिकले मित्रशक्ति अखिल भारतीय विद्यार्थी परिषद्सँग समन्वय गरी सहयोगको आग्रह गरेपछि एबीभीपीले सक्रियता देखाएको थियो ।

प्रतिक्रिया