सुनको मूल्य आकाशिदै, नेपालमा प्रतितोला २ लाख पुग्ने

काठमाडौं, ७ फागुन । विश्व बजारमा सुनको मूल्य लगातार आकाशिएको छ । प्रति ओन्स २९ सय डलर पुगेको सुनको मूल्य यो वर्षभित्र ३२ सय डलर पुग्ने प्रक्षेपण छ ।
विश्लेलकहरुको भनाई उल्लेख गर्दै आयलप्राइसले सुनको मूल्य ३२ सय डलर पुग्ने आँकलन गरेको हो । सुनमा लगानीकर्ताको आकर्षण बढेपछि मागपनि बढेको हो ।
प्रति ओन्समा २८।३५ ग्राम हुन्छ । डलरको मूल्य पनि बढिरहेको छ । यस हिसाबले नेपालमा प्रतितोला सुनको मूल्य २ लाख पुग्ने अवस्था बन्दैछ ।
सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार नाघिसकेको छ विश्व बजारमा प्रतिओन्स ३०० डलर बढ्दा तोलामा २० हजार भन्दा बढी पुग्छ । यस हिसाबले सुनको मूल्य प्रतितोला २ लाख पुग्ने अवस्था बन्छ ।