९ फाल्गुन २०८१, शुक्रबार | February 21, 2025

अमेरिका -रुसबीच युक्रेन युद्ध अन्त गर्न रियाद समिट


February 19, 2025
1.4k
Shares

एजेन्सी, ७ फागुन । अमेरिका र रुसबीच युक्रेन युद्ध अन्त गर्ने उपायबारे छलफल भएको छ । साउदी अरबको रियादमा भएको दुई देशका उच्च अधिकारीहरु सम्मिलित बैठकलाई यो शताब्दीको महत्वपूर्ण घटनाका रुपमा लिइएको छ ।

गएराति भएको समिटमा अमेरिकी विदेशमन्त्री मार्क रुबियो, रुसी विदेशमन्त्री सेरगेइ लाभरोभ सहभागी थिए । दुई देशका अधिकारीहरुले आफ्नो धारणा राखेको र सुनेको बताइएको छ । यसलाई सम्बन्ध सुधारमा केही सफलता हासिल भएको घटना भनिएको छ ।

दुवै देशले युक्रेन युद्ध अन्त गर्न उच्चस्तरीय टोली बनाउने सहमति गरेका छन् । सहमतिले सँसारको आर्थिक क्षेत्रमा सकारात्मक असर परिसकेको छ ।

प्रतिक्रिया