८ फाल्गुन २०८१, बिहिबार | February 21, 2025

नेपालमा अमेरिकाले रोक्यो एमसीसी


February 18, 2025
2.6k
Shares

काठमाडौं, ६ फागुन । अमेरिकाले नेपालमा बढाएको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी विकास परियोजना रोकेको छ । एमसीसी रोकिएको पत्र अमेरिकाले नेपाल सरकारलाई पठाएको जानकारी अर्थ मन्त्रालयले मंगलबार विज्ञप्तिमार्फत् जनाएको हो ।

अर्थ मन्त्रालयको विज्ञप्तिमा एमसीसी रोकिएको इमले पत्र प्राप्त भएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको जानकारी गराएको छ ।

५० अर्बको एमसीसी परियोजनाको सम्झौता संसदबाट पारित भई कार्यान्वयनको चरणमा छ । यो परियोजनामा प्रसारण लाइन निर्माण, पाँचवटा सडक स्तोरोन्नतिका आयोजना छन् । एमसीसीको नेपालमा चर्को विरोध गरिएको थियो एउटा समूहबाट । तर, संसदबाट पारित भएपछि कार्यान्वयनमा जाँदा विरोधका स्वर मन्द भएको थियो ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि युएसएआइडीको सहयोग रोकिएको छ । उक्त संस्था भ्रष्टाचारमा डुबेको भन्दै बन्द गर्ने तयारी समेत गरिएको छ ।

प्रतिक्रिया