८ फाल्गुन २०८१, बिहिबार | February 21, 2025

राष्ट्रिय सभाका ३ सांसद तानेर माधव नेपालको पार्टी फुटाउने खेल


February 17, 2025
9.8k
Shares

काठमाडौं, ५ फागुन । विवादास्पद भूमिसम्बन्धी अध्यादेशसहितका ६ अध्यादेश संसदबाट कुनै हालतमा पारित हुने प्रधानमन्त्री केपी शर्मा ओलीको दाबीले राजनीतिलाई तरंगित पारेको छ । जसपा नेपाल र सत्तामा रहेको लोसपा नेपालले साथ नदिने भएपनि अध्यादेश पारित हुने ओलीको दाबी अर्थपूर्ण छ ।

प्रतिनिधि सभाबाट अध्यादेश पारित भएपनि राष्ट्रियसभाबाट पारित हुने अवस्था छैन । राष्ट्रियसभामा सत्तारुढ दलहरुको बहुमत पुग्दैन । जसपा नेपाल र लोसपाले साथ नदिने भएपछि कसरी हुन्छ त पारित ?

विश्वस्त स्रोतका अनुसार ओलीले माधवकुमार नेपालको नेकपा एस फुटाउन आफ्ना विश्वासपात्रहरुलाई सक्रिय बनाएका छन् । एसका प्रेमबहादुर आले र किसान श्रेष्ठ पार्टी फुटाउन लागिपरेका छन् । उनीहरुले २० प्रतिशत सांसद संख्या पुर्याउने तयारी गरेका छन् ।

प्रतिनिधि सभामा १० र राष्ट्रियसभामा ८ गरी १८ सांसद रहेको नेकपा एसले २० प्रतिशत संख्या पुर्याउन ४ सांसद पुर्याए पुग्छ । त्यो संख्या पुग्ने देखिएको छ । तर, राष्ट्रिय सभाबाट कम्तिमा ४ सांसद तान्ने गरी प्रयास चलिरहेको छ ।

राष्ट्रिय सभामा रहेका नेकपा एसका सांसदहरु उदयबहादुर बोहोरा, गोमादेवी तिमिल्सिना, घनश्याम रिजाल, जयन्दीदेवी राई, डा. बेदुराम भुषाल, मदनकुमारी शाह, राजेन्द्रलक्ष्मी गैह्रे र सावित्री मल्ल छन् । उनीहरु सबै माधव नेपालका विश्वासपात्र मानिन्छन् । तर, केहीलाई प्रभावित पार्न आले र श्रेष्ठ सक्रिय छन् ।

प्रतिक्रिया