उदयपुरमा भारतको सहयोगमा बनेको जनता बेलका माविको भवन उद्घाटन

काठमाडौं, ४ फागुन । उदयपुरमा भारतको सहयोगमा बनेको श्री जनता बेलका माविको भवन उद्घाटन गरिएको छ । ३ करोड ७९ लाख लागतमा बनेको उक्त भवनको उदयपुरका सांसद डा. नारायण खड्का, काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप(प्रमुख प्रसन्न श्रीवास्तव र उदयपुरस्थित बेलका नगरपालिकाका मेयर अशोक कार्कीले आइतबार संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थिति थियो ।
‘नेपाल(भारत विकास सहयोग’ अन्तर्गतको भारत सरकारको अनुदान विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना ९एचआइसीडीपी० को रूपमा लिइएको थियो र उदयपुरको बेलका नगरपालिका मार्फत कार्यान्वयन गरिएको थियो ।
श्री जनता बेलका माध्यमिक विद्यालय बेलका नगरपालिकाको पुरन्दहमा रहेको एक मात्र माध्यमिक विद्यालय हो । यो सन् १९६२ मा प्राथमिक विद्यालयको रूपमा स्थापित भएको थियो र पछि सन् १९७६ मा निम्न माध्यमिक विद्यालयको रुपमा स्तरोन्नति गरिएको थियो । सन् २००८ मा यसलाई उच्च माध्यमिक विद्यालयमा थप स्तरोन्नति गरिएको थियो । यस विद्यालयमा लगभग ५०० विद्यार्थीहरू रहेका छन्, जसमध्ये ५५५ छात्राहरू छन् ।
कार्यक्रममा काठमाडौँस्थित भारतीय दूतावासका नियोग उप(प्रमुख प्रसन्न श्रीवास्तवले भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गतको श्री जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण कसरी भारत र नेपाल बीचको बलियो र जीवन्त विकास साझेदारीको उत्कृष्ट उदाहरण भएको बताए । उनले वर्षौंदेखि रहिआएको यस साझेदारीको वृद्धि, विस्तार र विविधीकरणमा खुशी व्यक्त गरे । नेपाल सरकारको प्राथमिकतामा आधारित यो साझेदारीलाई थप सुदृढ पार्न भारत सरकारको प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रतिनिधि सभाका सांसद नारायण खड्का, उदयपुरस्थित बेलका नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको लागि भारत सरकारले गरेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले निर्माण गरिएको पूर्वाधारले उदयपुरको श्री जनता बेलका माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरे ।