१७ चैत्र २०८१, सोमबार | April 1, 2025

ओली-देउवा खटपट


February 15, 2025
1.7k
Shares

काठमाडौं, ३ फागुन । सत्तारुढ मुख्य दल नेकपा एमाले र नेपाली काँग्रेसबीच खटपट बढ्दै गएको छ । दुवै दलको तल्लो तहमा बढेको द्वन्द्व बाहिर आउन थालेको छ ।

काँग्रेस र एमालेको प्युठानमा विवाद बढेको छ । प्युठानका एमाले सांसद सुर्य थापाविरुद्ध काँग्रेसले विज्ञप्ति नै जारी गरेको छ । यसको प्रतिवाद गर्दै सुर्य थापा पनि बोलेका छन् ।

ओली सरकारले ल्याएको अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशमा काँग्रेसको एउटा समूहको विमति देखिन्छ । यो विषय विस्तारै सतहमा आउन थालेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि खटपट बढेको छ । काँग्रेसले नेतृत्व गरिरहेको मन्त्रालयमा ओलीले हस्तक्षेप गर्न थालेको विषय उठेपछि खटपट बढेको हो ।

प्रतिक्रिया