१० फाल्गुन २०८१, शनिबार | February 23, 2025

बाबुराम र माधवलाई ललिता निवासले किन तसाईरहन्छ


February 14, 2025
581
Shares

काठमाडौं, २ फागुन । ललिता निवास प्रकरणसँग जोडिएका पूर्वप्रधानमन्त्रीहरु हुन् डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छेदार पनि जोडिएका छन् । तर, बाबुराम र माधवलाई अख्तियारले मुद्दा नहालेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले २०७६ माघ २९ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।

निर्णय कार्यान्वयन गर्नेलाई मात्रै प्रतिवादी बनाइएको न्यौपानेको जिकिर छ । यो मुद्दामा सर्वोच्चले पूर्ण इजलासमा जाने निर्णय सुनाएको छ । अब तीनभन्दा बढी न्यायाधीशको इजलाशले फैसला सुनाउनेछ ।

ललिता निवास प्रकरणमा डेढ सय रोपनी भन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा लगेकोमा अख्तियारले मुद्दा दायर गरेको छ । जसमा पूर्वमन्त्री, पूर्वसचिवहरु, जग्गाधनी र खरिदकर्ताका अलावा कर्मचारीहरु प्रतिवादी बनाइएका छन् ।

यो प्रकरणमा अर्थमन्त्री विष्णु पौडेलका छोरा, न्यायाधीश कुमार रेग्मीलगायतलाई उन्मुक्ति दिइयो । अर्कोतर्फ, पूर्व मुख्यसचिव लिलामणि पौडेललाई पनि मुद्दा चलाइएन । जबकि क्याबिनेटको निर्णय हुँदा पौडेल मुख्यसचिव थिए ।

प्रतिक्रिया