विराटनगरमा हजारौं विद्यार्थी स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सहभागी

विराटनगर, १ फागुन । स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा हजारौं विद्यार्थी सहभागी भएका छन् । बिहिबारको परीक्षा हिन्दू स्वयंसेवक संघ, नेपाल, कोशी संभार मोरङले आयोजना गरेको हो ।
परीक्षा कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङ प्रमुख अतिथि थिए भने विराटनगर महानगरपालिकाका पूर्वमेयर एवं कोशी प्रदेश सभा सदस्य भीम पराजुली विशेष अतिथि थिए । जिल्ला सञ्चालक एवं कार्यक्रम संयोजक केशवलाल सिंह सुवाल थिए ।
नेपालको इतिहास, भूगोल, संस्कृति, धर्म, परम्परालगायतका विषयमा सोधिएको प्रश्नको विद्यार्थीले उत्तर दिएका थिए ।