माओवादीले ३० वर्ष अघि सुरु गरेको हिंसाले देशलाई कहाँ पुर्यायो

समाचार विश्लेषण । रणनीतिक र सामारिक उद्देश्यले चलाइएको थियो २०५२ साल फागुन १ गतेबाट माओवादी हिंसा । सुरुमा शासन सत्तामा रजगज गरिरहेकाहरुले यसलाई हल्का रुपमा लिए । तर, यो भित्र सत्ता उथलपुथल ल्याउने तागतको जरोकिलो बनिसकेको तबमात्र पत्तो भयो जब माओवादीले राजनीतिक दलका नेता कार्यकर्ता, कर्मचारी, प्रहरी हुँदै सेनामाथि खतरनाक आक्रमण गर्न थाले ।
माओवादीले हिंसाको तारो सबैभन्दा बढी हिन्दू धर्म संस्कृतिका पक्षधरलाई बनाए । संस्कृति शिक्षा र शिक्षकमाथि आक्रमण गरे । माओवादी हिंसाको तारो पण्डित नारायण पोखरेल समेत बने ।
मन्दिर र सम्पदाहरु सबैभन्दा बढी तोडफोड भए त्यतिबेला । माओवादीले जातीय द्वेष फैलाए । जातीय राज्यको मुद्दा उठाएर सामान्य युवालाई बहकाए ।
माओवादीले काँग्रेसलाई प्रयोग गरी एमालेलाई तारोमा पारे । एमालेलाई प्रयोग गरी काँग्रेसलाई । दरबारलाई प्रयोग गरी मुख्य दल काँग्रेस र एमालेलाई पनि कमाजोर पारे । पछि काँग्रेस र एमालेलाई प्रयोग गरी दरबारलाई इतिहास बनाइदिए । अर्थात् राजसंस्थाको अन्त गरिदिए ।
माओवादी शान्ति प्रक्रियामा त आए तर उनीहरुकै जोडबलले देश धर्मनीरपेक्षमा गयो । यसका पछाडि पश्चिमा शक्तिको रणनीतिक योजना थियो भन्ने डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि छताछुल्ल भइसकेको छ । नेपालमा धर्मनीरपेक्षका लागि १३ अर्ब खन्याइएको तथ्य अमेरिकी सभामुखले बोलिसकेका छन् ।
माओवादी हिंसाले देशको धर्म संस्कृतिलाई प्रहार गरेको छर्लंग छ । हिंसा त सकिएको छ तर त्यसको विष फैलदैछ । माओवादी यसलाई जनयुद्ध नाम दिएर मनाउन वाध्य पार्दैछ आफूले जितेका पालिका र आफ्नो प्रभाव क्षेत्रमा । जबकि सर्वोच्च अदालतले यो दिवस मनाउन रोक लगाउने आदेश जारी गरिरहेको छ ।
हिंसालाई माओवादी पूर्वनेता रामबहादुर थापाले स्वीकारेका छन् । उनले माओवादी युद्ध हिंसा थियो भनेका छन् । डा. बाबुराम भट्टराई हिंसा होइन भन्न सक्दैनन् । यसैले उनी क्रान्ति दिवसको शब्द दिन पुगे ।
जे होस् माओवादीकै हिंसाको बलमा परिवर्तन भएको राजनीतिक व्यवस्थामा देश चलिरहेको छ । गणतन्त्र, धर्मनीरपेक्षता, संघीयता माओवादी हिंसाकै बलमा आएको हो । यो कटु यथार्थ हो । यसका पछाडि कुन कुन बाह्य शक्ति कुन स्वार्थले लागेका थिए इतिहासले खुलासा गर्दै जानेछ । जसरी धर्मनीरपेक्षका लागि नेपालमा १३ अर्ब पैसा बगाइएको खुलासा स्वयं अमेरिकाका जिम्मेवार अधिकारीले गरिसकेका छन् ।
माओवादीले ३० वर्ष अघि सुरु गरेको हिंसा ग्रान्डडिजाइन थियो जसले नेपालको पहिचान विश्वको एकमात्र हिन्दु राष्ट्र मेटायो, राजसंस्था अन्त गर्यो र संघीयतामा देशलाई लग्यो । देशको मूल आत्मा हिन्दु सभ्यता भने मेटाउन सकेन ।