११ फाल्गुन २०८१, आइतबार | February 23, 2025

पशुपतिको बालुवाखानीमा संगठित गिरोहका को को भ्रष्टाचारी ठहर


February 13, 2025
996
Shares

काठमाडौं, १ फागुन । पशुपतिको बालुवाखानी चलाउन संगठित गिरोह नै सक्रिय थियो । उनीहरुले बालुवाखानी चलाएर प्राकृतिक दोहन गरेका थिए । राजनीतिक संरक्षणमा सक्रिय त्यस्ता दृश्य अदृश्य गिरोहका नाइके र सदस्यहरुमाथि मुद्दा दायर भएको थियो । मुद्दा दायर भएको १० वर्षपछि नेकपा एमालेका नेता निर्मल कुईँकेलसहितलाई दोषी ठहर हुने गरी अन्तिम फैसला सुनाएकोे छ अदालतले ।

२०७१ को माघ ९ गते विशेष अदालतमा कुइँकेलसहित पशुपति विकास कोषका तत्कालीन सदस्यसचिव सुशिल नहाटा, निर्देशक राजकुमार रेग्मी, काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारीहरु गोपाल पराजुली, प्रेमराज जोशी र महेन्द्रकुमार श्रेष्ठलगायतविरुद्ध ४६ करोड ५६ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।

जथाभावी उत्खनन, स्कीमविपरित काम गरेको, फर्जी कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेपनि विशेष अदालतले सफाई दिएको थियो । दुई ठेकदारलाई मात्र दोषी ठहर गरी २०७३ भदौ ६ गते फैसला सुनाएको थियो ।

अख्तियार यो मुद्दामा सर्वोच्च अदालत पुगेको थियो । यसमा ८ वर्षपछि फैसला भएको छ । विशेष अदालतले सफाई दिएकाहरु सर्वोच्चको फैसलाले दोषी ठहर भएका छन् ।
दोषी ठहर भएकाहरु अधिकांश एमाले र काँग्रेसमा आवद्ध छन् । उनीहरु गैरुकानूनी कार्यका लागि राजनीतिक संरक्षण पाइरहेका थिए ।

प्रतिक्रिया