नेपालमा भ्रष्टाचार बढेको ट्रान्सपरेन्सीको रिपोर्ट
![](https://nepalipen.com/wp-content/uploads/2025/02/Ghus_Corruption_Bhrastachar-768x361-1.webp)
एजेन्सी, २९ माघ । ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट अनुसार नेपालमा भ्रष्टाचार बढेको छ । रिपोर्ट अनुसार नेपालले १०० मा ३४ अंक प्राप्त गरेर भ्रष्टाचार हुने देशहरुमा १०७औं स्थान बनाएको छ ।
गत वर्ष नेपालले ३५ अंक पाएको थियो । यो वर्ष एक अंक घटेको छ नेपालको ।
कम भ्रष्टाचार हुने देशमा डेनमार्कले ९० अंक पाएको छ । दक्षिण एशियामा भुटानले ७२ अंक, भारतले ३७ अंक, मालदिभ्सले ३८ अंक, श्रीलंकाले ३२, पाकिस्तानले २७, बँगलादेशले २३ र अफगानिस्तानले १७ अंक पाएका छन् । चीनले ४३ अंक पाएको छ ।