२९ माघ २०८१, मंगलबार | February 11, 2025

जसपाले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने, ओली सरकार के होला ?


February 11, 2025
3.6k
Shares

काठमाडौं, २९ माघ । जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा जसपा नेपालको सदंसदीय दलको बैठकले समर्थन नगर्ने निर्णय गरेको हो ।

जसपा संसदीय दलकी प्रमुख सचेतक रेखा यादवले सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने र अन्य पाँचवटा अध्यादेशलाई समर्थन गर्ने निर्णय गरेको बताइन् ।
भूमिसम्बन्धी अध्यादेश भूमाफिया र गैरकानूनी आप्रवासीलाई जग्गा बाँड्नका लागि ल्याइएको भनी सर्वत्र आलोचना भइरहँदा जसपाको निर्णय आएको छ । जसपा नेपालले सरकारमा उपप्रधानसहित महत्वपूर्ण मन्त्रालय मागेको हल्ला पनि चलेको थियो ।

अध्यादेश पारित नभए केपी शर्मा ओली नेतृत्वको सरकारबारे के होला भन्ने चासो बढेको छ । अध्यादेश पारित नभएर ब्याक हुनुपर्ने ओली नैतिक दबाब पर्न सक्छन् । उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पनि दायर भइसकेको छ ।

प्रतिक्रिया