‘भ्रष्टाचार गर्ने अनेकौ बहाना’
आकृति रायमाझी । नेपालमा भ्रष्टाचार एक गम्भीर समस्या हो, जसले देशको विकास, आर्थिक वृद्धि र सामाजिक न्यायमा ठूलै अवरोध पुर्याएको छ। सरकारी निकायहरूमा भ्रष्टाचारको प्रणालीगत संरचना बनेको छ, जहाँ उच्च पदस्थ अधिकारीहरू र कर्मचारीहरू मिलेर भ्रष्टाचार गर्छन्। यस संरचनाले भ्रष्टाचारलाई संस्थागत गर्दै दैनिक कार्यविधि झै सजिलो, सामान्य र स्वभाविक बनाउँछ । संस्थागत भ्रष्टाचारलाई रोक्नको लागि रणनीति बनाउन र आवश्यक क़ानूनी कदम चाल्न असम्भव जस्तै हुन्छ। जब भ्रष्टाचारको नेटवर्क बलियो हुन्छ, तब यसलाई ढाकछोप गर्ने निकाय सरकार आफै हुन्छ।
एकातीर भ्रष्टाचार नियन्त्रण सबै राजनीतिक दल, सरकार र कार्यकारी भूमिकामा रहेका सबै सरोकारवालाको सामूहिक चिन्ताको विषय बनेको छ भने अर्कोतीर भ्रष्टाचारको सुरुवात बिन्दु र भ्रष्टाचार गर्ने प्रवृत्तिपनि राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, नेपाल सरकारका कर्मचारी र जिम्मेवार सरोकारवालाहरूमा नै हाबी रहेको तथ्य पनि लुकेको छैन।
भनिंन्छ नेपालमा राजनीतिक अस्थिरता नै भ्रष्टाचारको एक प्रमुख कारण हो। तर यो अस्थिरतालाई निरन्तरता कसले दिरहेको छ ? चुनाब पछि पनि निरन्तर सरकार परिवर्तन, निजी स्वार्थपूर्तीका लागी कहिले जुटने त कहिले पद नपाएर फूटने नेता, कमजोर एवं विवादित राजनीतिक नेतृत्व, दलहरूको आन्तरिकद्वन्द्व गूटबन्धी र यीनै नेताका सत्तालोभले निम्ताएको राजनीतिक अस्थिरताले भ्रष्टाचारलाई प्रोत्साहन दिएको छ।
नेपालका राजनीतिक दलहरूले प्रायः आफ्नो शक्ति र पदको दुरुपयोग गर्छन् । जब कुनै दल सत्तामा आउँछ, तब उनीहरूले सरकारी निकायहरूमा नियुक्ति, ठेक्का, र अनुदानहरूको वितरणमा स्वार्थ देखाउँछन् । यसले गर्दा योग्य व्यक्तिहरूको स्थानमा आफ्ना नातागोता र पार्टीका कार्यकर्ताहरूलाई नियुक्त गर्न प्राथमिकता दिइन्छ । यस प्रकारको दुरुपयोगले प्रशासनमा भ्रष्टाचारको जरा गहिरो बनाउँछ र जनताको विश्वासलाई कमजोर पार्छ।राजनीतिक दलहरूले कहिले पनी भ्रष्टाचार हटाउन ठोस कदम चालेका छैनन् । बरु भ्रष्टाचार गर्नको लागि अनेकौ बहाना बनाउँछन।
गलत आचार गलत मनशाय बाट अभिप्रेरित भई ब्यक्तीगत स्वार्थ पुर्तिको लागी सत्ता शक्ति पदको दुरुपयोग गरी गैरकानुनी ढंगले अर्थिक हिनामिना गर्नु मात्र भ्रस्टाचार नभएर राजनीतिक हस्तक्षेप, नातावाद कृपाबादको आधारमा कुनै पनि नागरिक मौलिक हक अधिकारबाट बन्चित हुनपर्ने सबै क्रियाकलाप भ्रस्टाचार हो। जब व्यक्तिको नैतिकतामा ह्रास आउछ भ्रष्टाचारको शुरुवात त्यहाबाट हुन्छ । नैतिकता जहाँ नस्ट हुन्छ अनैतिक चरीत्र त्यहा जन्मिछ ।
आम नागरिकले भ्रष्टाचार गर्दैनन, सामान्य नागरिकको भ्रष्टाचार गर्न पदीय हैसियत नै पुग्दैन । भ्रष्टाचार गर्ने भनेकै सरकारी कुर्सिमा बसेर अनुचितलाभ लिने राष्ट्रसेवक कर्मचारीले हो । जति ठुलो पद त्यति नै ठुलो लाभको अपेक्षा, त्यति नै ठुलो भ्रष्टाचार । आज अख़्तियार दिवसको दिन भ्रष्टाचारको वार्षिक प्रतिवेदन बुझने कार्यकारी प्रमुख लगायत विभिन्न कार्यकारी भूमिकामा रहेका माननीय राष्ट्रसेवकहरुले नै अनुचित लाभ लिएको वार्षिक प्रतिवेदनलाई गहन अध्ययन गरेर भ्रष्टाचार निवारण को ऐन क़ानून बनाउने की भ्रष्टाचार गर्ने नौलो तरीक़ा बनाउने ?
सरकारमा हुदा पदीय हैसियत दुरुपयोग गरेर, अनुचित कार्य र भ्रष्टाचार गरेपछी, देखेर पनि भ्रष्टाचार रोक्न केही गर्न नसकेपछि, वा आफ्ना निकटका कसैले गरेको भ्रष्टाचार लूकाउनका निम्ति नेताहरुले दिने प्रचलित बाहना – “भ्रष्टाचार यो सरकारले गरेको होइन। पहिले पहिलेका सरकारले गरेका हुन, फलानो पार्टीले गरेको हो, पहिला नै कार्यसम्पन्न भैसकेको थियो” भनी दोष लगाउने पन्छिने तर भ्रष्टाचारीलाई कारवाही गर्न कुनै कदम नचालने, बरु सोही मुद्दालाई वार्ताको निहू बनाई अन्तत: “तै चुप मैं चुप” भनी सत्ता टिकाउन र अपराध लुकाउन हरक़िसीमको नाटक रच्ने नेताहरुले आफैले गरेको भ्रष्टाचारको प्रतिवेदन पढ़ेर भ्रष्टाचार निवारण कसरी गर्ने ?
संसद भवनमा कुनै आरोप खण्डन गर्नु परे चर्कों स्वरमा ‘राजनैतिक प्रतिशोध साँध्न गरिएको, आफ्ना मानिसले गर्न पाएनन् भनेर भनिएको, लोकतन्त्र गणतन्त्रमाथिको प्रहार, संविधान लोकतन्त्र र गणतन्त्र मास्ने षडयन्त्र’ जस्ता पदावलीहरू यी बहानाबाज नेताहरूको आरोपखण्डन गर्ने रक्षाकवज बन्न पुगेको छ । फेरी नेपाली नेताहरुको आरोप इन्कार गर्ने मौलिक सैली छ- आरोप लगाउने लाई नै ठुलो स्
