ट्रम्पको प्ले ब्याई बाट महिलावादी पहिचान
![](https://nepalipen.com/wp-content/uploads/2023/03/donald-trump-and-porn-star.jpg)
डोनाल्ड ट्रम्प राजनीतिमा आउनुअघि अर्बपति व्यापारी थिए । उनी धेरै महिलासँगको सम्बन्धका कारण चर्चामा आए । महिलाका बारेमा उनका अभिव्यक्ति विवादमा आए ।
मिस वल्र्डका सहभागीप्रति र्दुव्यवहारको आरोप समेत लाग्यो ट्रम्पलाई । दर्जनौं महिलाले बलात्कारको आरोप लगाए । उनको महिलाप्रतिको दृष्टिकोण नकारात्मक रहेको विषय धेरै चर्चामा आयो । महिलावादीले त उनलाई यौनपिपाषु भन्ने देखि महिलाविरोधी समेत भने ।
ट्रम्प २०२५ मा जब राष्ट्रपति बने तब उनले महिलाको हक अधिकारका लागि काम गर्न थाले । महिला खेलकुदमा ट्रान्सजेन्डरलाई सहभागीबाट वञ्चित गरिदिए । महिलाको खेल अवसर खोस्न खोजेको भन्दै पुरुषको प्रतियोगितामा खेल्न वाध्य बनाइदिए ट्रान्सजेन्डरलाई ।
महिला खेलकुदमा पुरुषहरु ट्रान्सजेन्डको नाममा खेलेको विषय विवादमा आइरहेको छ । ओलम्पिकमा पनि यो विवाद आयो । ट्रम्पले अमेरिकामा त्यस्ता खेलाडीलाई महिला प्रतियोगिताबाट वञ्चित गरेर महिलावादीको मन जितेका छन् ।