बाल यौन दुरुपयोगमा मदन राईलाई जेल सजाय

काठमाडौं, २५ माघ । बाल यौन दुरुपयोगमा कृषि विज्ञ मदन राईलाई जेल सजाय तोकिएको छ । जिल्ला अदालत खोटाङले शुक्रबार राईलाई २ वर्ष जेल सजाय तोकेको हो ।
राईमाथि सुभद्रा मदन फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरुलाई यौन र्दुव्यवहार गरेको अभियोग थियो । १० माघमा जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।
राई सार्वजनिक रुपमा अश्लील अन्तवार्ता दिने र बोल्ने गरेर चर्चामा आएका थिए । उनको यो गतिविधि समाजमा विकृति फैलाउन जिम्मेवार थियो ।