जीबी राई बेलायतमा लुकेको खुलासा

काठमाडौं, २५ माघ । सहकारी ठगीका अभियुक्त जीबी राई बेलायतमा बस्दै आएको खुलासा भएको छ । चर्चित सेफ बिनोद बरालले राई बेलायतको गल्लीमा भेटिएको खुलासा गरेका हुन् ।
बरालले आफूले जीबीराईलाई बेलायतमा देखेको सामाजिक सञ्जालमा लेखेका छन् । बेलायत कानूनी संकटबाट जोगिन धनाढ्यहरुको स्वर्ग बनेको समेत लेखेका छन् ।
बेलायतमा सहकारी ठगीका आरोपी भरत महर्जन पनि बस्दै आएका छन् । उनी त्यहाँ सानो व्यापार देखाएर बस्छन् ।