१६ फाल्गुन २०८१, शुक्रबार | February 28, 2025

ट्रम्पको कदमले विश्वभर तरंग, राजनीतिक उथलपुथलको संकेत


February 7, 2025
1.7k
Shares

काठमाडौं, २५ माघ । हरेक दिन प्रमुख खबर बन्न थालेको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनले चालेको कदम । ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाभित्र र बाहिर दुरगामी असर पार्ने कदम चालिरहेका छन् ।

ट्रम्पले गैरकानूनी आप्रवासीलाई हथगडीसहित उनीहरुकै देशमा फर्काइदिएका छन् । अमेरिकासँगको सीमा क्षेत्रमा सेना खटाएर गैरकानूनी आप्रवासी रोक्न थाले । यसले मानव तस्करको सञ्जाल तोडिन थालेको छ ।

अमेरिकी परियोजना यूएसएआइडी नै बन्द गर्ने तयारी गरेका छन् । यूएसआइडीको आर्थिक कोष गलत ठाउँमा खर्च भइरहेको खुलासा गरेर छानविन चलाएका छन् । यूएसआइडीका विश्वभरका कर्मचारीलाई अनिश्चितकालिन बिदा दिइएको छ ।

सँसारमा पुरुष या महिला गरी दुई मात्र लिङ्ग हुन्छ भनी समलिङ्गी र तेस्रो लिङ्गी गतिविधिमाथि कडा नीति ल्याए । ट्रान्सजेन्डरलाई महिला खेलमा सहभागी हुन नपाउने गरी आदेश नै जारी गरिदिए ।
ट्रम्पले क्यानडा, चीन र मेक्सिकोका सामानको कर बढाए । क्यानलाई अमेरिकाको ५१औं प्रान्त बनाउने अभिव्यक्ति दिए । उनले ग्रीनल्यान्डमाथि नियन्त्रण बनाउने भने ।

पेलिस्टाइनी बस्दै आएको गाँजामा नियन्त्रण बनाएर पुनः निर्माण गर्ने र त्यहाँका मुसलमानलाई नजिकैको देशमा व्यवस्थापन गर्ने बताए ।

ट्रम्पका कडा अभिव्यक्ति र कदमले विश्व राजनीतिलाई तरंगित बनाइदिएको छ । उनको कदमले उदारवादका नाममा अतिवादी गतिविधि चलाउनेहरुलाई धक्का परेको छ ।

ट्रम्पले लिएका नीतिले विश्वका कतिपय देशमा राजनीतिक उथलपुथल नै आउने संकेत मिलेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडेउको राजीनामा आइसकेको छ । जर्मनीमा सरकार परिवर्तनको अवस्था बनेको छ । यूरोपका कतिपय देशमा सत्तामा हलचल आइसकेको छ ।

प्रतिक्रिया