दिल्लीमा भाजपाको बहुमत आउने प्रक्षेपण

एजेन्सी, २४ माघ । दिल्ली विधानसभाको चुनावमा भारतीय जनता पार्टीको बहुमत आउने प्रक्षेपण गरिएको छ । बुधबार सम्पन्न चुनावमा भाजपाले पूर्ण बहुमत ल्याउने सबै एक्जिट पोलले देखाएको छ ।
अधिकांश एक्जिट पोलले भाजपाको ४५ सिटमाथि आउने दाबी गरेका छन् । ७० सिटको दिल्ली विधानसभामा यो पूर्ण बहुमत हो । तर, भाजपाले योभन्दा बढी सिट आउने दाबी गरेको छ ।
दिल्लीमा सत्तारुढ आम आदमी पार्टीले २५ सिट मात्र ल्याउने प्रक्षेपण गरिएको छ । कँग्रेस आईले कुनैपनि सिट नजित्ने प्रक्षेपण छ ।
अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टीले लगातार दुई पटक सरकार बनाइसकेको छ दिल्लीमा । यसपटक भने उसले हार व्यहोर्ने एक्जिट पोलहरुले देखाएका छन् ।