यूएसएआइडीका विश्वभरका कर्मचारीलाई शुक्रबारबाट अनिश्चितकालिन बिदा
एजेन्सी, २३ माघ । अमेरिकी विकाससम्बन्धी एजेन्सी यूएसएआइडीका विश्वभरका कर्मचारीलाई शुक्रबारबाट बिदा दिइएको छ । उनीहरुलाई अर्को सूचना नभएसम्मका लागि बिदाको सूचना दिइएको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले यूएसएआइडीका १० हजारभन्दा बढी कर्मचारीलाई बिदा दिइएको जनाएका छन् । उक्त संख्यामध्ये २ तिहाई अमेरिका बाहिर कार्यरत छन् ।
यूएसएआइडीका अमेरिकाबाहिरका कर्मचारीलाई अमेरिका फर्कन ३० दिनको समय पनि दिइएको छ । उनीहरुलाई अमेरिका फर्कन अमेरिकी सरकारले खर्च उपलब्ध गराउने भएको छ ।
यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआइडी उग्र पागलहरुको झुण्डले चलाएको टिप्पणी गरेका थिए ।
अमेरिकाको गर्भमेन्ट अफ इफिसियन्सी विभागका प्रमुख इअन मस्कले एक्समा लेख्दै युएसआइडीका अधिकारीहरुले आफ्नो भ्रष्टाचार छोप्न खोजेको भन्दै यसको अन्तको समय आएको बताएका थिए ।