कमिशनको खेलले ग्वार्को फ्लाइओभर निर्माणमा ढिलाई, लाखौंले पाए सास्ती
काठमाडौं, २३ माघ । ठेकेदारको बदामी हो कि कर्मचारीको ? ग्वार्को फ्लाइओभर अनेकन बहानाले ढिलाई हुँदा दैनिक लाखौं सर्वसाधारणले दुःख पाइरहेका छन् ।
नेपालकै पहिलो फ्लाइओभर निर्माण २०८० मा पूरा गर्नुपर्नेमा २०८१ मा पनि काम नसकिने भएको छ । आशिष-समानान्तर-रेलिगेर जेभीले ठेक्का पाएर २०७८ फागुनमा २ वर्षमा निर्माण कार्य गर्ने सम्झौता गरेकोमा विभिन्न बहानामा ढिलाई गरिरहेको छ ।
पौषदेखि ठेकेदार कम्पनी दैनिक जरिवाना तिरिरहेको छ । तर, वैशाखमा मात्र काम सक्ने योजना बुनिरहेको छ । काम गर्दा विभिन्न त्रुटी देखाएर अलमल भइरहेको छ । कर्मचारीहरु त्रुटी देखाउने र ठेकेदार कम्पनी बहाना गर्दै ढिलो गर्ने । यो क्रम चलिरहँदा कमिशनको खेलसँग पनि जोडिएको छ ।
दैनिक लाखौं यात्रु ओहोरदोहोर गर्ने ग्वार्को क्षेत्रमा पिक आवरमा एक घन्टाभन्दा बढी जाम हुन्छ । सर्वसाधारण जामले आर्जित भइसकेका छन् । तर, सरकार कडा कदम चाल्न मानिरहेको छैन ।