२२ माघ २०८१, मंगलबार | February 4, 2025

ओलीले देउवालाई धोका देलान् ?


February 4, 2025
664
Shares

काठमाडौं, २२ माघ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आफूले नेपाली काँग्रेसका सभापति शेरबहादुरलाई सहमति अनुसार सत्ता हस्तान्तरण गर्ने दोहोराउँदै आएका छन् । उनी सार्वजनिक कार्यक्रममा समेत आफ्नो कार्यकालको महिना र दिन समेत भन्छन् ।

कुनैपनि बेला ओली सरकार ढल्ने चर्चा चलिरहँदा देउवाले पनि ओलीलाई साथ दिइरहने बताइरहेका छन् । ओलीसँग अविश्वास गर्नुपर्ने कारण नरहेको देउवाको भनाई मंगलबार पनि सार्वजनिक भएको छ ।

इतिहासलाई केलाउँदा ओलीले जोसँग सहमति गरे उसैलाई धोका दिए । एमाले अध्यक्ष बन्दा उनले तत्कालीन नेताहरु झलनाथ खनाल र वामदेव गौतमसँग मध्यराति भद्र सहमति गरेका थिए । तर, अध्यक्ष बनेपछि दुवैलाई धोका दिए । खनाल र गौतम दुवैलाई प्रधानमन्त्री बन्न साथ दिने बचन दिएका छन् । तर, दुवैलाई धोका मिल्यो ओलीबाट । बामदेवले त ओलीबाट नराम्रो धक्का र अपमान नै पाए ।

२०७२ सालमा संविधान जारी भएपछिको सहमति अनुसार प्रधानमन्त्रीमा सुशील कोइरालाले साथ नदिएपनि ओलीले काँग्रेसमाथि इमान जमान नभएको आरोप लगाए । तर, उनै ओलीले प्रचण्डलाई धोका दिए । २०७४ सालको निर्वाचनमा एमाले र माओवादी गठबन्धन गरेर चुनाव लडे । त्यसपूर्व नै दुवै दलबीच आलोपालो प्रधानमन्त्रीको सहमति भएको थियो । तर, ओलीले सत्ता छाडेनन् ।
ओलीले धोका दिएपछि रन्थनिएका प्रचण्डले साथ नै छाडे । नेकपा फुट्यो । त्यसपछि नयाँ गठबन्धन सुरु भयो ।

ओलीले प्रधानमन्त्री बन्नुअघि प्रचण्डलाई दिइआएको साथ नै छाडे । प्रचण्डले फेरि ओलीबाट धोका पाए । यही धोकापछि प्रधानमन्त्रीको पदमा छन् ओली । उनी काँग्रेसलाई प्रधानमन्त्री दिन आतुर रहेको जस्तो देखाइरहेछन् । तर, विगतलाई केलाउँदा ओलीले कुनैपनि बेला धोका नदेलान् भन्न सकिदैन ।

प्रतिक्रिया