६ बैशाख २०८२, शनिबार | April 20, 2025

युएसएआइडी उग्र पागलहरुको झुण्डले चलायोः ट्रम्प


February 3, 2025
1.2k
Shares

एजेन्सी, २१ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआइडी उग्र पागलहरुको झुण्डले चलाएको टिप्पणी गरेका छन् । ट्रम्पले युएसएआइडीको व्यवस्थापन झुर भएको समेत बताए ।

युएसएआइडीबारे सोधिएको प्रश्नमा आइतबार ट्रम्पले भने, यो उग्र पागलहरुबाट संचालन भइरहेको छ । हामी उनीहरुलाई निकाल्दैछौं र निर्णय लिनेछौं ।

सोमबार अमेरिकाको गर्भमेन्ट अफ इफिसियन्सी विभागका प्रमुख इअन मस्कले एक्समा लेख्दै युएसआइडीका अधिकारीहरुले आफ्नो भ्रष्टाचार छोप्न खोजेको भन्दै यसको अन्तको समय आएको बताएका छन् । मस्कले लेखेका छन्, ‘युएसएआइडी आपराधिक संस्था हो । अब यसको अन्तको समय आएको छ ।’ उनले मिडियासम्बद्ध संस्थामा प्रोपोगान्डा प्रकाशित गर्न युएसएआइडीले पैसा खर्च गरेको समेत लेखेका छन् ।

युएसएआइडीको रकम हिनामिनाको छानविनका लागि ट्रम्पले कडा कदम चालेका छन् । उक्त संस्थाका दुईजना वरिष्ठ सुरक्षा अधिकारीलाई बिदामा राखिएको छ ।

युएसएआइडी खारेज गर्ने मस्कको घोषणा

प्रतिक्रिया