१ भाद्र २०८२, आइतबार | August 18, 2025

किन गुमनाम भए यी प्रभावशाली नेताहरू ?


February 3, 2025
830
Shares

काठमाडौं,२१ माघ । एक समय नेपाली राजनीतिको केन्द्रभागमा रहेर मुलुक हाँकेका राजनीतिज्ञहरू यति बेला राजनीतिको मूल प्रवाहबाट निष्क्रिय बन्न पुगेका छन् । केही नेताहरू राजनीतिमा नयाँ प्रयोगसँगै बिस्तारै छायामा पर्दै गएका हुन् भने कतिपय पुराना नेताहरू स्वास्थ्य समस्याले निष्क्रिय बन्न पुगेका हुन् ।

संविधान जारीसँगै संघीय संरचनाअनुसार तीन तहको सरकार गठनपश्चात नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीका करिब दुई दर्जन नेताहरू सक्रिय राजनीतिबाट बाहिर पुगेका छन्। दशक अघिसम्म राजनीतिको मूल प्रवाहमा रहेका नेताहरू बदलिँदो राजनीति परिवेश, उमेर र स्वास्थ्यका कारण निष्क्रिय बन्दै गएको सम्बन्धित पार्टीका नेताहरूले बताए।

नेपाली कांग्रेसको मूल राजनीतिमा पुगेका नरहरि आचार्य, डा। रामशरण महत, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, बलदेव मझगैयाँ, विपीन कोइराला, महेश आचार्य, सुजाता कोइरालालगायत नेताहरू अहिले राजनीतिमा निष्क्रिय देखिएका छन्।

पार्टीभित्र गणतन्त्रको नारा बोकेर हिँड्नुभएका नरहरि आचार्य तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगै सभापतिमा प्रतिस्पर्धामा उत्रनुभएको थियो । पार्टीको ११औं महाधिवेशनमा कोइरालासँग सभापति उठ्दा उहाँले १४ प्रतिशत मत ल्याएको दाबी गर्नुभएको छ। त्यसयता पनि पार्टी राजनीतिमा सक्रिय रहनुभएका उहाँ २०७० मा कानुन र शान्ति तथा पुनर्निर्माणमन्त्री बन्नुभएको थियो।

पार्टीको १३औं महाधिवेशनपछि स्वास्थ्य समस्याका कारण विस्तारै उहाँ सक्रिय राजनीतिबाट अलग भए पनि नेताहरू भेट्न जाँदा वैचारिक र जनउत्तरदायी राजनीतिको पक्षमा सल्लाह दिँदै हुनुहुन्छ। शारीरिक अस्वस्थताका कारण उहाँ सामाजिक राजनीतिक कुरामा निष्क्रिय हुँदै जानुभएको पारिवारिक स्रोतको भनाइ छ।

त्यस्तै, डा। रामशरण पनि पटकपटक अर्थमन्त्री बनेर मुलुकको अर्थतन्त्रलाई लयमा फर्काएका नेताका रूपमा परिचित हुनुहुन्न्थ्यो। उहाँ अहिले स्वास्थ्य समस्याका कारण हिँडडुलसमेत गर्नुहुन्न । गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले पनि निकै चर्चित नेता हुन् । उनीहरू मन्त्री भएपछि अकुत सम्पत्ति कमाएको भन्दै भ्रष्टाचारसम्बन्धी मुद्दा चलेसँगै राजनीतिबाट पलायन भएका हुन् । महेश आचार्य, सुजाता कोइराला पार्टीको तर्फबाट पटकपटक शक्तिशाली मन्त्रीको जिम्मेवारी पाइसकेका नेता हुन्।

अहिले उनीहरू राजनीतिमा खासै सक्रिय छैनन् । नेविसंघका संस्थापक सभापतिसमेत रहेका कांग्रेसका नेता विपीन कोइराला अहिले कांग्रेसको राजनीतिमा निष्क्रिय हुनुहुन्छ । उहाँ राजसंस्थाप्रति नरम देखिए पनि राजनीतिक अभियानहरूमा सक्रिय नभएको वर्षौं भइसकेको छ। त्यस्तै, कांग्रेसको राजनीतिमा परिचित नाम बलदेव मझगैयाँ पनि अहिले राजनीतिक रूपमा पूर्ण निष्क्रिय हुनुहुन्छ।

यता, नेकपा एमालेका पुराना नेताहरू राधाकृष्ण मैनाली, सिपी मैनाली, प्रदीप नेपाल, मोदनाथ प्रश्रित ९पौडेल०, अमृतकुमार बोहरा, कमल कोइरालालगायत नेताहरू राजनीतिको अग्रभागमा छैनन्। झापा विद्रोहमा अहिलेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै राजननीतिमा उदाएका मैनाली राजाको प्रत्यक्ष शासनकालमा शिक्षामन्त्री बन्नुभएको थियो। त्यसपछि उहाँ राजनीतिमा ब्याक हुँदै जानुभयो । झापा आन्दोलनमै उदाएका अर्का नेता सिपी मैनाली जननेता मदन भण्डारीसँग जनताको बहुदलीय जनवादका विषयमा फरक मत राख्न हिम्मत गर्ने कम्युनिस्ट नेताको पहिचान बनाउनुभएको थियो।

एमाले विभाजनपछि नेकपा माले पार्टीमा जानुभएका मैनाली एमाले माले मिल्दा पनि मालेमै रहेर राजनीतिको अग्रभागमा आउनुभयो । अहिले उहाँ राजनीतिक गतिविधिमा निष्क्रिय हुनुहुन्छ। त्यस्तै, पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै मन्त्रीसमेत बनेका नेता मोदनाथ प्राश्रित र प्रदीप नेपाल पनि अहिले पार्टी राजनीतिमा क्रियाशील हुन सकेका छैनन्।

प्रश्रित आफंै निष्क्रिय हुँदा नेता प्रदीप नेपाल अस्वस्थ हुनुहुन्छ । कोइराला परिवारका एक्ला कम्युनिस्ट नेता कमल कोइराला पनि अहिले पार्टी राजनीतिमा निष्क्रिय हुनुहुन्छ। नेता अमृतकुमार बोहरासमेत सत्ता र शक्तिबाट बाहिरिएपछि राजनीतिमा क्रियाशीलता घटाउँदै आउनुभएको छ। त्यस्तै, टंक ढकाल राजाको शासनकालका सञ्चारमन्त्री अहिले गुमनाम हुनुहुन्छ। उहाँ राप्रपाको राजनीतिमा हुनुहुन्थ्यो । समाचारपत्र

प्रतिक्रिया