२३ खर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिती, ६ महिनामा सात खर्ब ६३ अर्ब रेमिट्यान्स
काठमाडौं, २० माघ । देशमा विदेशी विनिमय साँढे १३ प्रतिशतले वृद्धि भएको छ । ६ महिनामा सात खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रदा विदेशी विनिमय वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको यो आर्थिक वर्षको बितेको ६ महिनाको तथ्यांकमा विदेशी विनिमय २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको जनाइएको छ ।
असार मसान्तमा अमेरिकी डलर मात्र १५ अर्ब २७ करोड थियो । १०.३ प्रतिशतले डलर सञ्चिती बढेर १६ अर्ब ८४ करोड पुगेको छ ।
विदेशी मुद्रा सञ्चिती बढेर नेपाल राष्ट्र बैंकमा धन थुप्रिएको छ । तर, कर्जा प्रवाह र आर्थिक गतिविधिले गति नलिंदा समस्या उत्पन्न भइरहेको छ ।