१९ माघ २०८१, शनिबार | February 1, 2025

महाकुम्भमा स्वामी अर्जुन बास्तोलाको योगदान


February 1, 2025
332
Shares

काठमाडौं, १९ माघ । भारतको प्रयागराजमा जारी महाकुम्भमा नेपालीहरुका लागि पनि बस्ने र खाने व्यवस्था रहेको छ । दैनिक एक करोडभन्दा बढी भक्तजन पुगिरहेको महाकुम्भमा नेपालीका लागि निःशुल्क बस्ने र खाने व्यवस्थामा सम्हिता शास्त्री गुरु स्वामी अर्जुन बास्तोला सक्रिय छन् ।

स्वामी बास्तोला ब्राम्हरण अन्तर्राष्ट्रिय संगठन ट्रस्टको संरक्षकका रुपमा प्रयागराजमा खटिएका छन् । उनी नेपाली तीर्थयात्रीलाई बस्न र खाने व्यवस्थामा कुनै समस्या नहोस् भन्ने हेतुले खटिएका हुन् ।

स्वामी बास्तोलाले हरेक दिन भागवत कथा वाचन पनि गराइरहेका छन् । उनको भूमिकालाई नेपालीहरु मात्र नभई भारतीयहरु समेतले प्रशंशा गरेका छन् ।

प्रतिक्रिया