१८ माघ २०८१, शुक्रबार | January 31, 2025

निलम्बन फुकुवा गर्न रविको हारगुहार, सभामुख घिमिरे टसमस भएनन्


January 31, 2025
747
Shares

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद पद निलम्बनको फुकुवाका लागि हारगुहार गरेका छन् । उनले विभिन्न माध्यमबाट निलम्बन फुकुवाका लागि हारगुहार गरेका हुन् ।

लामिछाने शुक्रबार सभामुख देवराज घिमिरेलाई भेट्न पुगे । उनले सांसद पद निलम्बन फुकुवा गर्न आग्रह गरे । सहकारी ठगी, सम्पत्ति शुद्धिकरण जस्ता मुद्दा खेपिरहेका लामिछानेले सांसद पद निलम्बनलाई ऐन नियम विपरित भनी जिकिर समेत गरे । तर, सभामुख घिमिरेले प्रचलित ऐन नियम अनुसार नै निलम्बनध गरिएको स्पष्ट पारे ।

लामिछाने निवेदन नै हाल्न पुगेपछि सभामुखले सोधे, तपाईँविरुद्ध मुद्दा चलेको होइन र ? लामिछानेलाई अदालतले धरौटीमा छाड्ने आदेश दिए पनि मुद्दाको किनारा लागेको छैन ।

विगतमा रास्वपाका नेताहरु विभिन्न माध्यमले शक्तिकेन्द्र पुगेर रविको धरौटीमा रिहाईका लागि पुगेका थिए । उनीहरु मुद्दाको किनारा जतिसक्दो छिटो लगाउन पनि सक्रिय भइरहेका छन् ।

प्रतिक्रिया