१८ माघ २०८१, शुक्रबार | January 31, 2025

चीनको बीआरआई ऋणमै भएको ओलीको संकेत


January 31, 2025
332
Shares

काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई देशको हितमा भएकाले ऋणमै भएपनि लिने बताएका छन् । उनले शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै बीआरई देश र जनताको हितमै भएको दाबी गर्दै त्यसलाई स्वीकार्नुको विकल्प नभएको बताए ।

बीआरआई, एमसीसी, विश्व बैंक, एशियाली विकास बैंक, जस्ता क्षेत्रबाट आउने अनुदान या ऋण जनताको हितका लागि स्वीकार्नुपर्नेमा जोड दिए । उनले बीआरआई सहुलियत ऋण भएको स्वीकारे ।

चीनसँग बीआरआई फ्रेमवर्क सम्झौता गर्दा ऋण या अनुदान उल्लेख गरिएको छैन । ओलीले बीआरआई सहुलियत ऋणमा भएको सन्देश दिइरहँदा सत्ता घटकको नेपाली काँग्रेस भने अनुदान मात्र स्वारिने दाबी गर्दै आएको छ । परराष्ट्रमन्त्री आरजु देउवा बीआरआई अनुदानमा मात्र भएको रटान लगाइरहेकी छिन् ।

प्रतिक्रिया