१७ माघ २०८१, बिहिबार | January 30, 2025

महाकुम्भमा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्यो


January 29, 2025
3.2k
Shares

एजेन्सी, १६ माघ । भारतको प्रयागराजमा महाकुम्भमा भागदौड मच्चिदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । घटनामा ६० जना घाइते भएका छन् ।

बुधबार विहानै मौनी अमावश्यको अवसरमा नदीको संगमस्थल नजिक पवित्र स्नान गर्न जानेहरुमा भागदौड मच्चिदा घटना भएको हो । १० करोड तीर्थयात्री भएको अवस्थामा घटना भएको हो । तीर्थयात्रीहरु त्रिवेणी संगमतर्फ बढ्ने क्रममा भागदौड मच्चिएको थियो ।

विश्वको सबैभन्दा ठूलो संख्याका भक्तालु पुग्ने धार्मिक मेलाका रुपमा महाकुम्भलाई मानिएको छ । यसपटक प्रयागराजमा ४० करोड तीर्थयात्री पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया