महाकुम्भमा भागदौडपछि पनि तीर्थालुको भीड उस्तै
एजेन्सी, १६ माघ । भारतको प्रयागराजमा महाकुम्भमा भागदौड मच्चिदा केहीको मृत्यु भएको छ । घटनामा ठूलो संख्यामा घाइते भएका छन् ।
मौनी अमावश्यको अवसरमा नदीको संगमस्थल नजिक पवित्र स्नान गर्न जानेहरुमा भागदौड मच्चिएको थियो । घटनालाई दृष्टिगत गरी अमृत स्नानलाई स्थगित गरिएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भक्तालुलाई संगमस्थल नजिक नजान आव्हान गरेका छन् ।
विश्वको सबैभन्दा ठूलो संख्याका भक्तालु पुग्ने धार्मिक मेलाका रुपमा महाकुम्भलाई मानिएको छ । यसपटक प्रयागराजमा ४० करोड तीर्थयात्री पुग्ने अपेक्षा गरिएको छ ।
भागदौडपछिको घटनाका बाबजुद प्रयागराजमा भक्तालुको भीड उस्तै छ । १२ वर्षमा एकपटक हुने महाकुम्भलाई सँसारभर चासोका साथ हेरिएको छ ।