दिपसिक एआइका कारण विश्व बजारमा १० खर्ब डलर ध्वस्त
एजेन्सी, १५ माघ । एआइको दुनियाँमा एकै दिन अरबौं होइन खरबौं रकम ध्वस्त हुन थालेको छ । सोमबार मात्र अमेरिकी शेयर बजारमा १० खर्ब डलर ध्वस्त भएको छ । शुक्रबारको तुलनामा सोमबार यति ठूलो गिरावट आउँदा १० खर्ब डलर ध्वस्त भएको हो ।
विश्वका पाँच सय अर्बपतिले ठूलो धनराशी गुमाएका छन् एकै दिन । यो शेयर बजारको इतिहासमा अहिलेसम्मकै ठूलो गिरावटको किर्तिमान नै हो । यो सबैको कारण कारण हो चिनियाँ एआइ एप दिपसिक ।
दिपसिकको एआइ असिस्टेन्ट गत हप्ता सार्वजनिक भएको हो । केही दिनमै यसको लोकप्रीयता बढ्यो र अमेरिकी आपन एआईको च्याटजिपिटीलाई उछिन्न सक्यो । प्रभावशाली मोडलको एआइ सृजना गरेपछि दिपसिकको लोकप्रीयता बढेको हो ।
दिपसिकका कारण अन्य एआइको मूल्यांकनमा गिरावट आएको छ । विभिन्न कम्पनीको शेयर मूल्य १० प्रतिशतभन्दा बढीले घटेको छ ।
विश्व स्टक मार्केटमा सोमबारमात्र विभिन्न प्राविधिक क्षेत्रबाट १० खर्ब डलर बराबरको शेयर गुमेको छ । नभिडियाले मात्र ५८९ अर्ब डलर बराबरको शेयर मूल्य एकैदिन गुमाएको छ । नेभिडियाका सिइओ जेनसेन हुआङले एकै दिन १०८ अर्ब डलर गुमाएका छन् ।